घलेलमा २७ औं ल्होछार उत्सव हुँदैं, भलिबलको उपाधि राशी ८५ हजार
घोडा दौड प्रतियोगिताको विजेतालाई ५० हजार
पाेखरा | पुस ६, २०८२
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ ।
बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी पुष १५ देखि २१ गतेसम्म २७ औं संस्करणको ल्होछार उत्सव आयोजना गरिने क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए ।
उनका अनुसार घलेल ल्होछार उत्सवमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल, घोडा दौड प्रतियोगिता, क्लबस्तरीय महिला भलिबल प्रतियोगिता, प्रौढ भलिबल, ठेलो, रस्साकस्सी, लगायतका प्रतियोगिता समावेश गरिएको छ ।
अध्यक्ष गुरुङले गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ८५ हजार र उपविजेतालाई नगद ५० हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए ।
सेमिफाइनलमा प्रवेश गर्ने दुवै टिमलाई जनही १० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिनेछ । टिम दर्ता गर्न शुल्क नगद रु ६ हजार रुपैयाँ तोकिएको छ ।

यसैगरी घोडा दौड प्रतियोगिताको विजेताले नगद रु ५० हजार र उपविजेताले २५ हजार, तृतीय हुनेलाई १५ हजार तथा सान्त्वना स्थान हाँसिल गर्नेलाई नगद रु १० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने, सहभागी हुन ५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको छ ।
यसैगरी महिला भलिबल तर्फको विजेतालाई ३० हजार उपविजेतालाई २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । टिम दर्ता गर्न शुल्क नगद रु २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
उनका अनुसार प्रौढ पुरुष भलिबल प्रतियोगिताको विजेताले विजेताले ३० हजार उपविजेताले २० हजारसहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
टिम दर्ता गर्न शुल्क ३ हजार रुपैयाँ तोकिएको छ ।
ठेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, महिला कुर्ची दौड प्रतियोगिता र घैटो फुटाउने प्रतियोगिताको विजेता र उपविजेताले आर्कषक पुरस्कार प्राप्त गर्नेछन् ।
मेलामा विभिन्न समुदायमा प्रचलित साँस्कृतिक नृत्य, लोक तथा दोहोरी कलाकारहरुले विशेष प्रस्तुती दिने आयोजकले जनाएको छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

